सुटकेशभित्र महिलाको शव भेटियो

सुटकेशभित्र महिलाको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहटको गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेकोसुटकेश खोलेपछि भित्र महिलाको शव फेला परेको हो । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।