दुबईबाट आएका २ महिलालाई पछ्याएर लुटपाट, प्रहरी नै पक्राउ

दुबईबाट आएका २ महिलालाई पछ्याएर लुटपाट, प्रहरी नै पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लुटपाट गरेको आरोपमा प्रहरी जवान नै पक्राउ परेका छन् ।

सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकमा भएको चोरीमा प्रहरीसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणीका ३२ वर्षीय प्रहरी जवान डम्मलाल पाध्याय रहेका छन्।

उनीहरुले दुबईबाट  आएका  दुई महिलालाई २९ साउनको दिउँसो साढे १२ पछ्याउँदै लुटपाट गरेका थिए ।

एक जना फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजि आचार्यले जानकारी दिए।

प्रहरीका अनुसार साउन २९ गते दिउँसो उक्त गिरोहले २ थान आईफोन–१५, सामसुङ कम्पनीको दुई सेट मोबाइल, एप्पल कम्पनीको एक थान ल्यापटप र २ तोला दरको दुईवटा सिक्री लुटेको थियो।