काठमाडौँ – विवादका क्रममा प्रहरी जवान समेत रहेकी प्रेमिका रनिता केवटको पेस्तोल लिएर फरार रहेका प्रेमीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
बिहीबार जनकपुरको रामपुरबाट प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । केवट उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको पीएसओ हुन् । आपसी विवादका क्रममा केही दिन पहिले यादवले केवटको पेस्तोल लिएर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले यादवलाई एक थान चाइनिज पेस्तोल, ७ राउण्ड गोलीसहित पक्राउ गरेको छ । प्रहरीले केवटलाई भने यसअघि नै नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।
यादवलाई पक्राउ गरेपछि उनी लुकेर बस्दै आएको आफन्तकाे घरबाट बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । उच्च अदालत जनकपुुरका न्यायधीशकी पीएसओ रनिता कुमारी केवटले सोमबार राति हतियार लुटिएकाे उजुरी गरेपछि उनी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै रहेकी छिन् ।




प्रतिक्रिया