जसपा विभाजन : महिन्द्ररायले छाडे मधेसवाद, दिए बाबुरामलाई साथ

जसपा विभाजन : महिन्द्ररायले छाडे मधेसवाद, दिए बाबुरामलाई साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमन्त्री महिन्द्रराय यादव जसपाको बाबुराम भट्टराई पक्षमा खुलेका छन् । १५ वर्षअघि नेकपा एमाले छाडेर मधेशवादी राजनीतिमा होमिएका यादव अन्ततः महन्थ ठाकुर र उपेन्द्र यादवसँगको सहकार्य छाडेर भट्टराईतिर लागेका हुन् ।

उनी भट्टराई पक्षले जडिबुटीस्थित एक पार्टी प्यालेसमा राखेको समानान्तर बैठकमा सहभागी भएका छन् । एमाले छाडेर तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा लागेका नेता यादव केही वर्षपछि सो पार्टी विभाजन गरेर अलग दलमा थिए । पछि पुनः एकीकरण गरेर राजपाको अध्यक्ष मण्डलमा रहेका यादव राजपा र संघीय समाजवादी पार्टीको एकीकरणपछि जसपामा थिए ।

जसपाको विवादमा महन्थलाई छाडेर उपेन्द्रलाई साथ दिएका महिन्द्र राय पछिल्लो समय उपेन्द्रको विरोधमा रहेर बाबुरामलाई साथ दिइरहेका थिए । पार्टी विभाजनको औपचारिक प्रक्रिया सुरू हुँदा यादव बाबुरामले बोलाएको संघीय परिषद् बैठकमा सहभागी भएका हुन् ।

उनले पार्टी बिरगन्जमा राखिएको बैठकमा असुरक्षा महशुस भएकाले जान नसकेको बताए । भट्टराई पक्षधरहरुको बैठकमा बोल्दै नेता यादवले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।

बैठकमा उनले भने, ‘बिरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के अशुविधा थियो र बिरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो ? सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने छु र अरु साथीहरूलाई पनि पार्टीलाई एक ढिक्का बनाई राख्न आग्रह गर्दछु ।

पार्टीभित्रको विवादमा उपेन्द्रको विपक्षमा रहेका राजकिशोर यादव लगायतका नेता भने बाबुरामको बैठकमा सहभागी भएनन् । यसअघि नै उपेन्द्र विरोधी मोर्चा बनाएका इस्तियाक राई र प्रदीप यादव भने मन्त्री बनेपछि उपेन्द्रको पक्षमा उभिएका छन् ।