महोत्तरी – सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामानसहित ४० जना फरार भएका छन् ।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी–७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ जनामध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।
उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।




प्रतिक्रिया