महोत्तरीका संयोजकसहित पाँच नेताले छाडे माओवादी

महोत्तरीका संयोजकसहित पाँच नेताले छाडे माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्र महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागको घोषणा गरेका छन ।

एमसीसी पारितको विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले पार्टी नै परित्याग गरेका हुन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।

एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रले अन्ततः सदनबाट पारित गराउन सहमति जनाएको थियो । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीको एउटा खेमा विरोधमा छ ।