२५ हजार धरौटी तिर्न नसक्दा माइला लामा जेल चलान

२५ हजार धरौटी तिर्न नसक्दा माइला लामा जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् ।

नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जेल गएका हुन् ।

एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो । तर उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरि सुनसरी लगिएको थियो । सुनसरीबाटसमेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा लगेर अर्को मुद्दा चलाइएको थियो ।