विप्लवलाई अर्को झट्का : माइला लामा मध्यरातमा प्रक्राउ 


काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता माइला लामा प्रक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय प्रहरीको अपराध महाशाखाले लामालाई काठमाडौंको कांडाघारीबाट प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामांग समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ ।

लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन् । काठमाडौं, भक्तपुर तथा ललितपुरको जिल्लाको इन्चार्ज रहेका लामा प्रक्राउ पर्नुलाई प्रहरी उपलव्धी मानेको छ । उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी छ ।

लामा यसअघि संविधानसभाका उम्मेदवार समेत थिए । उनी चुनावमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement