छठमा विराटनगरका मेयर पराजुलीको १६ औं दण्डप्रणाम, भतिजा र श्रीमतीले घस्रिएर दिए साथ

छठमा विराटनगरका मेयर पराजुलीको १६ औं दण्डप्रणाम, भतिजा र श्रीमतीले घस्रिएर दिए साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जलसमेत ग्रहण नगरी छठको व्रत बसेका छन् । पराजुलीको दण्डप्रणाम शुभारम्भ कार्यक्रममा सिनेकलाकार दीपाश्री निरौला पनि सहभागी थिइन् ।

शनिबार बिहान दण्डप्रणाम गर्दै उनले घाटको यात्रा सुरु गरेका छन् । यो उनको १६ औं दण्डप्रणाम हो । पराजुलीले भने,‘दण्डप्रणाम एक पटक गरी घाटसम्म पुगेपछि त्यतिबेलै पूरा हुन्छ । तर मलाई छठ पर्व आउनासाथ फेरि दण्डप्रणाम गर्न शरीर नै साथ दिन्छ ।’

पराजुलीको साथमा उनकी श्रीमती र भतिजाले पनि साथ दिइरहेका छन् । भतिजाको यो छैठौं दण्डप्रणाम हो । मेयर पराजुलीले नगरबासीको हित र शुभ चिताउँदै आफूले दण्डप्रणाम गरेको र तीन किलोमिटर दूरी घस्रदै घाटसम्म पुग्न ५ घण्टा लाग्ने सुनाए ।

विधिअनुसार छठमा निराहार ब्रत बस्दै आएका मेयर पराजुलीले विगत १६ वर्षदेखि साष्टांग दण्डप्रणाम गर्दै जमिनमा घस्रिएर घाटसम्मको यात्रामा निस्कन्छन् ।

शनिबार बिहान साढे १० बजे उनले विराटनगर–३ ठूलोमिल चोकमा अवस्थित शिवपञ्चायन मन्दिरबाट सिंघीया घाटको यात्रा शुभारम्भ गरेका थिए । पत्नी रञ्जिता पराजुली र भतिजा प्रमेश पराजुलीले पनि दण्डप्रणाम गरिरहेका छन् ।

परिवारको सुखशान्तिका साथै महानगरबासी र देशबासीको सुखसमृद्धिका लागि पनि आफूले दण्डप्रणाम गर्ने गरेको पराजुलीले सुनाए । उनले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा नै जागराम बस्नेछन् ।

आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि उनले व्रत समापन गर्ने बताए । प्रदेश राजधानी विराटनगरको सिंघिया, केसलिया नदीसहित विभिन्न पोखरी र जलासयमा छठपर्व मनाउन भक्तजनको ठूलो घुइँचो छ ।