काठमाडौं उपत्यका प्रवेशमा कडाई गर्न रक्षामन्त्रीसँग मेयरहरुको माग

काठमाडौं उपत्यका प्रवेशमा कडाई गर्न रक्षामन्त्रीसँग मेयरहरुको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र ललितपुरका मेयरले उपत्यकालाई कोरोना संक्रमण मुक्त पार्न प्रवेशमा कडाई गर्नुपर्ने बताएका छन् ।

कोरोना रोकथाम, तथा उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान, रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर उपत्यका प्रवेशमा कडाई गर्न माग गरेका हुन् ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोखरेललाई भेटेर उपत्यकाभित्र निर्वाध आवत–जावतलाई कडाई गरी उपत्यकाभित्र भने केही खुकुलो बनाउनु पर्ने माग गरेका छन् ।

‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढिरहेका छन् । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘यस्तो बेलामा उपत्यकाबाट हुने आवत–जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या सिर्जना गर्न सक्छ । हामीले उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री ईश्वर पोखरेलज्युसँगको भेटमा यहि कुरा राखेका छौँ ।’

आवत–जवतलाई कडाई गरे पनि उपत्यका भित्रको चहल–पहललाई भने केही खुकुलो बनाउनु पर्ने प्रस्ताव पनि पोखरेलसँग राखेको शाक्यले जानकारी दिए ।

‘प्रधानमन्त्रीले मानिसहरू बाहिर नपठाउने, जो–जहाँ छ त्यहाँ सुरक्षित बस्ने भनेर बोल्नुहुन्छ । तर मन्त्री, सांसदहरू नै मानिस लाइन लगाएर जिल्ला पठाइरहनुभएको छ,’ श्रेष्ठले भने, ‘यस्तो गर्न भएन । केन्द्र सरकारले कडाइ गर्नुपर्‍यो । बाहिरबाट पनि मानिसहरू काठमाडौं भित्रिरहेका छन्, यसले जोखिम बढाउँछ ।’

संयोजक पोख्रेललाई भेट्न मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन, सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत पुगेका थिए ।