काठमाण्डु- माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका १४ जेन जी प्रदर्शनकारीहरूलाई प्रहरीले प्रक्राउ गरेको छ ।
निकोलस भुसाल नेतृत्वको समूहले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लाग्दा प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भुसाल, सञ्जिव दाहालसहित १४ जना छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
जेन जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।




प्रतिक्रिया