काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बिबेकशिल साझा पार्टीले सोमबार पनि विरोध प्रदर्शन गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि साझा पार्टीले माईतिघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
साझाले आइतबार बालुवाटार घेराउ गरेको थियो । आज माइतीघरमा भएको प्रदर्शनमा प्रदर्शनकारीले ‘ओली तिम्रो पाराले दुख पाए साराले, प्रधानमन्त्रीलाई कसैले संवैधानिक परामर्श देउ’ जस्ता नारा लगाएका थिए ।





प्रतिक्रिया