माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको माईतीघरमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुतला दहन गरिएको छ । सञ्चारकर्मी रुपा सुनारको जाहेरीको आधारमा असार ६ गते पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं गएपछि उनको पुत्ला दहन गरिएको हो ।

माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए ।प्रहरीले पुत्ला खोसेर उनीहरुलाई तितरबितर पारेको थियो ।

दलित भएकै कारण काठमाण्डु महानगरपालिका–११ बबरमहलकी घरबेटी प्रधानले आफूलाई कोठा दिन अस्वीकार गरेको आरोप लगाउँदै रुपाले असार ३ गते जाहेरी दिएकी थिइन्। बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा पुगेपछि मन्त्री श्रेष्ठको चर्को आलोचना सुरु भएको थियो ।