काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेका न्यायाधीशलाई नियमित काममा फर्कन युवाहरुले आग्रह गरेका छन् ।
न्यायालयको गरिमा धरापमा पर्ने गरी न्यायपालिकालाई विवादमा तानिएको भन्दै केहि युवाहरुको समूहले माइतीघरमा दबाब प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेका छन् । न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न र गुटबन्दीको अन्त्य गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् ।
प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ । राजीनामाको माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गरिरहेका छन्।
यस्तै नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन्। तर प्रधानन्याधीश राणाले भने आफूले कैसको दबाब र प्रभावमा आएर राजीनामा नदिने अडान लिएका छन् ।




प्रतिक्रिया