काठमाण्डु – नेकपा एमाले निकट युवाहरुको संगठन युथ फोर्सले काठमाण्डुमा शक्ति प्रदर्शन गरेको छ । ओली समूहले खडा गरेको युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेको हो ।
मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य गरिने युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।
उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा एमालेले काठमाण्डु युथफोर्स ‘भ्याली कमाण्ड’समेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया