मजदुर-कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ

मजदुर-कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मजदुर–कर्मचारीको हकहित एवं सुरक्षाका नाममा सामाजिक सुरक्षा करवापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै जतबिजले खर्च गरेको छ। सरकारले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक सुशासन कायम गराउने जिम्मेवारी दिएको छ।

तर उसले गरिब मजदुर एवं किसानबाट सामाजिक सुरक्षा करका नाममा संकलन गरेको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ आफ्नै तजबिले खर्च गरेको हो। सरकारले मजदुर–कर्मचारीको सुरक्षाका लागि भनेर आर्थिक वर्ष २०६७ ६८ देखि सामाजिक सुरक्षा करका नाममा रकम संकलन गरेको थियो।

निजामती कर्मचारीदेखि संघ–संस्थालगायत सबै उद्योग प्रतिष्ठानमा कार्यरत मजदुर–कर्मचारीले आफूले पाउने तलब (आधारभूत) को एक प्रतिशत यस्तो करको रूपमा तिर्दै आएका छन्।

सरकारले आफैँले बनाएको कानुनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा २६९२० (ङ) मा सामाजिक सुरक्षा करवापत अहिलेसम्म संकलित र भविष्यमा संकलन हुने रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था गरेको छ। तर सरकारले यो रकम सामाजिक सुरक्षा कोषमा नभई सञ्चित कोषमा जम्मा गरेको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।