काठमाडौं – प्रतिनिधि सभाको न्याय तथा मानवअधिकार समितिले काठमाडौंमा रहेका मजदुरहरूलाई घर पठाउन सरकारसँग माग गरेको छ ।
समिति सभापति कृष्णभक्त पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् काठमाडौंमा बस्न कठिन भएर गाउँ जान चाहनेका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
आफ्नो थातथलोमा देशभित्रबाटै फर्कन चाहने दाजुभाइ–दिदीबहिनीलाई पैदलयात्रा गर्न बाध्य नबनाइ सुरक्षासहितको सवारीबाट घर जाने व्यवस्था मिलाउनसमेत उनले भनेका छन् ।
आफूले यसबारे गृहमन्त्री रामबहादुर थापासँग समेत कुराकानी गरेको र जवाफमा गृहमन्त्री थापाले आजैको बैठकले केही निर्णय गर्न सक्ने आश्वासन दिएको उनले बताए ।
‘खाना वस्न कठिन भई आफ्नो थाकथलोमा देश भित्रबाटै फर्कन चाहाने दाजुभाई दिदी वहिनीहरूलाई पैदलयात्रा गर्न वाध्य नवनाई सुरक्षा सहितको सवारीवाट वारपार तत्काल थालनि गर्न आज गृह मन्त्रीज्यु र गृह सचिवज्युलाई फोन गरी ध्यानआकर्षण गराएको छु, आजनै यस विषयमा उपयुक्त निर्णय गरिनेछ भन्ने सकरात्मक जवाफ आएकोछ, यदि तत्काल कार्यन्वयन नगरेमा स्थानिय प्रशासनसँग समन्वय गरी स्थानिय तहले जनताको यो पिडामा मलाम लगाउन अनुरोध गर्दछु ।साथै विदेशमा वस्न असुविधा भएका देश फर्कन चाहाने दाजुभाई दिदी वहिनीहरूलाई पनि देशमा ल्याउने योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउँदछु’, उनले भनेका छन् ।




प्रतिक्रिया