दश जना माझीको हत्या


एजेन्सी-  नाइजेरियाको आतङ्कवादी समूह बोको हारामका लडाकूहरुले कम्तीमा दश जना माझीको हत्या गरेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीहरुले जनाएका छन् ।

ती लडाकूहरुले माझीहरुलाई गत बिहीबार आक्रमण गरेको जनाइएको छ । उनीहरुलाई मैदुगुरीदेखि चार किलोमिटर टाढा रहेको अलौडाममा मारिएका हुन । राजधानी बोर्नोस्थित आपत व्यवस्थापन कार्यालयका प्रमुख बेल्लो डानबाट्टाले मारिएका माझी मध्ये अधिकांश छिमेकी गाउँ कोन्डुगाका रहेको जानकारी दिए ।

लेक चाद बासिनेका अध्यक्ष अबुबाकर गामान्दीले माझीहरु मारिएको पुष्टि गर्दै आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भएको बताए । बोको हरामका लडाकूहरुले सन् २००९ देखि अहिले सम्म २० हजार भन्दा बढी व्यक्तिको हत्या गरेका छन् भने अरु दशौँ लाख आ आफ्नो घरबाट विस्थापित भएका छन् ।यो समूह नाइजेरियासहित चाद, नाइजर, उत्तरी कामरुनलगायतका देशमा पनि आतङक मच्चाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement