सेनामा उपरथी सरुवा : सम्भारमा शर्मा र अपरेशनमा कार्कीलाई जिम्मेवारी


काठमाडौं – नेपाली सेनाका तीन जना उपरथीहरुको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा उपरथीमा प्रभुराम शर्मा, राजेन्द्र काकी र रघु भण्डारी रहेका छन् ।

युद्धकार्य महानिर्देशक रहेका उपरथी शर्मालाई सम्भाररथी विभाग, सम्भाररथीमा रहेका भण्डारीलाई नितीमा र नितीमा रहेका कार्कीलाई युद्धकार्य महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

सेनामा युद्धकार्य महानिर्देशनालय निकै शक्तिशाली विभाग मानिन्छ । कार्की प्रधानसेनापति पूर्णचन्द्र थापाका नातेदार समेत हुन् । उपरथी शर्मा यसपछिका प्रधानसेनापतिका दावेदार हुन् । उनलाई सेनाको सामान खरिद गर्ने जिम्मेवारी रहेको सम्भाररथी विभागमा सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानसेनापति थापाले तीनै जना उपरथीहरुको काज सरुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement