सेनामा सात उपरथीको सरुवा, को कहां सरुवा भए ? (सुचीसहित)


काठमाडौं– नेपाली सेनामा सात उपरथीहरुको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा उपरथीहरु प्रभुराम शर्मा, शरद गिरी,देवकुमार सुवेदी,देवेन्द्र मेघासी,प्रल्हाद थापा, काजिबहादुर खत्री र शुवर्ण शाह रहेका छन् ।

मध्य पृतना हेटौडमा पृतनापति रहेका उपरथी शर्मालाई सेनाको सबैभन्दा महत्वपुर्ण विभाग भनेर चिनिने युद्धकार्य महानिर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको छ भने उनको ठाउमा हालसालै उपरथीमा बढुवामा भएका उपरथी शुवर्ण शाहलाई जिम्मेवारी दिइएको छ । शर्मा भावी सेनापतिको दावेदारका रुपमा समेत चिनिन्छन् ।

त्यसैगरी हाल सेनाको युद्धकार्य महानिर्देशक रहेका उपरथी गिरीलाई शिवपुरीस्थित स्टाफ कलेजको प्रमुख बनाइएको छ भने स्टाफ कलेजमा रहेका उपरथी थापालाई सैनिक विनय महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा दिइएको छ ।

पोखरामा पृतनापति रहेका उपरथी मेघासीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएको छ भने रासुपमा रहेका उपरथी काजीबहादुर खत्रीलाई पोखराको पृतनापतिको रुपमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement