मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई झण्डा हस्तान्तरण

मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई झण्डा हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संसारको पाँचौँ अग्लो मकालु हिमाल आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ।

सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चौधरीलाई राष्ट्रिय झण्डा तथा नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा महानिरीक्षक कार्कीले चौधरीको यात्राको सहज, सुखद तथा सफलताको कामना व्यक्त गरे।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

झापा जिल्ला शिवसताक्षी नगरपालिका–७ निवासी चौधरीले २०५५ सालमा प्रहरी जवान पदबाट सेवा सुरु गरी हाल जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत रहेका छन्।

यसअघि उनले २०८२ साल कात्तिक ५ गते सोलुखुम्बु जिल्लास्थित ६,४७६ मिटर अग्लो मीरा पिकको सफल आरोहण समेत गरिसकेका छन् ।

प्रहरी नायव निरीक्षक चौधरीको मकालु आरोहणलाई नेपाल प्रहरीका लागि गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।