मकवानपुरमा विप्लवका कार्यकर्ताद्वारा ट्रकमा आगजनी


काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मकवानपुरको थाहा नगरपालिकामा एक ट्रकमा आगजनी गरेका छन् । ना ५ ख ७४११ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा बुधबार राति ट्रकमा आगजनी भएको हो ।

यस्तै बिहीबार विहान पुर्व पश्चिम राजमार्गको हेटौंडा चितवन खण्डको बस्तीपुरमा ना ७३६९ नम्वरको डिव्वा गाडिमा ढुङ्गा प्रहार ट्रकका चलकलाई ढुङ्गाले लागेर सामान्य घाइते भएका छन् । सो गाडी चितवनबाट हेटौंडा आउदै गरेको प्रहरी नयब उपरिक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement