नियन्त्रणमा आयो मखन टोलको आगलागी (तस्विरहरू)

नियन्त्रणमा आयो मखन टोलको आगलागी (तस्विरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको मखन टोलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

काठमाण्डु महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो ।

श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको छ । आगोबाट यी दुई घरमा क्षति भएको छ ।

प्रहरीका अनुसार आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको तर उनको सनाखत भएको छैन ।

जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।