मक्कामा अत्यधिक गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या १३ सय पुग्यो

मक्कामा अत्यधिक गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या १३ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साउदी अरेबियामा यस वर्षको हजको समयमा कम्तीमा १३ सय जनाको मृत्यु भएको छ। साउदीका स्वास्थ्य मन्त्री फद अल जलाजेलले गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या १ हजार ३ सय जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

ज्यान गुमाउनेमा धेरैजसो अनधिकृत तीर्थयात्री छन्। हज गर्न विशेष हज भिसाको लागि आवेदन गर्नुपर्छ। तर कतिपय व्यक्ति वैध कागजात बिना नै हज यात्रामा जान खोज्छन्। तीव्र गर्मीमा लामो दूरी हिँडेकाहरुको मृत्यु भएको बताइएको छ।

हज यात्रा गर्न गएका अधिकांशको मृत्युको कारण अत्यधिक गर्मीलाई मानिएको छ। साउदीमा हजको समयमा ५१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थियो।

हज यात्राका क्रममा इजिप्टका मात्रै ६५८ नागरिकको मृत्यु भएको छ। इन्डोनेसियाली २०० भन्दा बढी नागरिकको मृत्यु भएको छ भने भारतबाट गएका ९८ जनाको मृत्यु भएको छ।

पाकिस्तान, अमेरिका, मलेसिया, जोर्डन, इरान, सेनेगल, ट्युनिसिया, सुडान र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ।

हरेक वर्ष निश्चित समयमा विश्वभरका मुस्लिम हज गर्न साउदी अरेबियाको मक्का जाने गरेका छन्। साउदी अरेबियाका अनुसार यो वर्ष करिब १८ लाख मानिसले हज गरेका छन्।