मकवानपुर-मकवानपुर क्षेत्र नम्बर-१ (ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् ।
उनले सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका आनन्द राम पराजुलीलाई ८६९ मतान्तरले पराजित गरेका हुन् । ४५ हजार २५६ मत खसेकोमा श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरे ।
श्रेष्ठ एमाले मकवानपुर अध्यक्ष समेत हुन् । राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया