मकवानपुरमा सुतिरहेका ५ जना घरसहित बागमतीमा बगे

मकवानपुरमा सुतिरहेका ५ जना घरसहित बागमतीमा बगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा सोमबार राति गएको पहिरोले घर बगाउँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् । त्यही परिवारकी उद्धार गरिएकी एक महिलाको भने मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झरेर अक्कलबहादुर स्याङ्तानको घर पहिरोले पुरेको थियो । घरमा राति सुतिरहेका अक्कलबहादुर, उनकी पत्नी शान्तिमाया, ज्वाइँ जीवन पहरी, छोरी शिला स्याङ्तान र दुई जना नातिनातिना घर बगाउँदा पुरिएका हुन् ।

पहिरोले बगाउँदा स्याङतानको परिवार भने मस्त निंद्रामा थियो । सो पहिरो खसेलगत्तै ५ जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ ।