नायिकालाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका लामा रिहा

नायिकालाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका लामा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामण्डु- ‘कबड्डी-४’ की नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् ।

चौतर्फी दबाबकाबीच भिक्षुमाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि जिल्ला प्रशासन कार्यालय काठामण्डुले लामालाई मंगलबार दिउँसो रिहा गरेको महानगरीय प्रहरी परिसर काठामण्डुले जनाएको छ ।

गत शुक्रबार मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै भिक्षु लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् । विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध गरेका थिए ।