एजेन्सी – नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले अफगानिस्तानमा तालिबानले सत्ता कब्जामा लिएपनि महिला र युवतीहरुका लागि खतरा कायमै रहेको बताएकी छन् ।
नौ वर्षअघि पाकिस्तानकी मलालालाई तालिबानकाे स्कूल छोड्ने आदेश अस्वीकार गरेपछि उनीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा गोली लागेको थियो ।
मलाला उक्त आक्रमणबाट बाँच्न सफल भएकी थिइन् । उनी अहिले बेलायतमा बस्दै आइरहेकी छन् । महिला अधिकारका लागि काम गर्ने मलाला युसुफजाईले अफगानिस्तानको वर्तमान स्थितिप्रति चिन्ता व्यक्त गरेकी छिन्।
‘म अफगानिस्तानको वर्तमान स्थितिका बारेमा चिन्तित छु । विशेष गरी त्यहाँ महिलाहरु र युवतीहरुको सुरक्षाको बारेमा,’ उनले भनिन् ।
मलालाले १९९६ देखि २००१ सम्म त्यहाँको स्थिति कस्तो थियो भन्ने विषय अफगानिस्तानमा बसोबास गर्ने अधिकांश मानिसहरुलाई जानकारी भएको बताएकी छन् ।
उनले अफगानिस्तानमा मानिसहरु आफ्नो सुरक्षा, अधिकारको बारेमा धेरै चिन्तित रहेको र बालबालिकाहरु स्कूल जानका लागी चिन्तित रहेको बताइन् ।
मलाला भन्छिन्, ‘हामीले पहिलेदेखि नै धेरै समाचारहरुमा देखिरहेका छौं कि धेरै युवतीहरुलाई विश्वविद्यालयबाट फिर्ता पठाइएको छ । ती मध्ये धेरैलाई १५ र १२ बर्षको उमेरमा बिवाह गर्न भनिएको छ ।’




प्रतिक्रिया