विगत सम्झिँदै मलालाले भनिन् : ९ वर्ष बित्दासमेत एउटा गोलीबाट निको हुन सकेकी छैन

विगत सम्झिँदै मलालाले भनिन् : ९ वर्ष बित्दासमेत एउटा गोलीबाट निको हुन सकेकी छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारकर्मी मलाला युसुफजईले अफगानिस्तानका महिलाको स्थितिलाई लिएर चिन्ता व्यक्त गरेकी छन् । बोस्टनमा फेयिल प्यारालाईसिसको सर्जरी गरिरहेकी उनले अमेरिकाको बोस्टनदेखि अफगानिस्तानमा जे भइरहेको छ, त्यसमाथि नजर राखिरहको बताएकी छन् ।

सन् २०१२ अक्टोबरमा मलालालाई स्कुल जाँदै गर्दा पाकिस्तानी तालिबानले गोली हानेका थिए । उक्त गोली लागेका कारण उनले सर्जरी गराउनपुरेको हो । विश्वकै प्रतिष्ठित नोबेल शांति पुरस्कारबाट सम्मानित पाकिस्तानकी मलालाले जब स्कूलको शिक्षा छोड्नका लागि तालिबानको आदेश मान्न अस्वीकार गरिन् तब उनीमाथि हमला एको थियो । मलाला त्यो हमलामा बाँचिन् र अब उनी बेलायतमा बस्छिन् ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेका कारण महिलाहरू पीडित हुन सक्ने उनले बताइन् । ‘९ वर्ष बितिसक्दा पनि म एउटा गोलीबाट निको हुन सकेकी छैन । अफगानिस्तानका जनताले पछिल्लो चार दशकमा लाखौँ गोली खेपेका छन् । मेरो दिल ती मानिसको लागि तड्पन्छ, जसले गुहार मागिरहेका छन् । तर, कुनै जवाफ पाएका छैनन् । हामीले उनीहरूको परिचय बिर्सनेछौँ वा कहिल्यै थाहा पाउने छैनौँ,’ एक ब्लग पोष्टमा मलाले भनेकी छन् ।

‘मैले दुनियाँभरिका राष्ट्र प्रमुखलाई पत्र लेखिरहेको छु, उनीहरूसँग टेलिफोनमा कुरा गरिरहेको छु । अफगानिस्तानमा जो पनि महिला अधिकारका लागि लड्नेवाला कार्यकर्ता छन्, उनीहरूसँग सम्पर्क गरिरहेको छु । पछिल्लो दुई हप्तामा हामीले धेरै मानिसलाई सुरक्षित स्थानमा पुग्न सहयोग गरेका छौँ । तर, मलाई थाहा छ, हामी सबैलाई सहयोग गर्न सक्दैनौँ ।’

मलालाले आफ्ना ती दुई साथीसँग पनि कुरा गरेको बताएकी छन्, जो पाकिस्तानी तालिबानका विद्रोहीले उनको टाउकोमा गोली हानेका बेला मलालाका साथमा थिए । मलालालाई ती दुवै साथीले भनेका थिए कि – उनीहरूको मनमा त्यो घटना अझै पनि खराब सपनाजस्तै छ ।

अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएपछि महिलाहरूको अधिकारलाई लिएर विश्वभर चिन्ता व्यक्त भइरहेका छन् । १९९६ देखि २००१ सम्म जब अफगानिस्तामा तालिबानको शासन थियो, त्यति बेला महिलाको अवस्था एकदम चिन्ताजनक थियो ।

उनले लेखेकी छन्, ‘म बोस्टनको अस्पतालको शय्यामा छु । यो मेरो छैटौँ सर्जरी हो । तालिबानले मेरो शरीरको जुन नोक्सान पुर्‍याए, त्यसबाट पार पाउन म, डाक्टर अझै पनि लागिरहेका छौँ । अक्टोबर २०१२ मा पाकिस्तानी तालिबानको एक सदस्यले विद्यालय जाँदै गर्दा मेरो टाउकोको देब्रे भागमा गोली हानेका थिए ।’

यस गोलीको असर मेरो देब्रे आँखा, कञ्चट र मस्तिष्कसम्म पर्‍यो । यसको अलावा मेरो अनुहारको स्नायुको पनि धेरै नोक्सान भयो । मेरो बंगाराको जोर्नी पनि टुट्यो र कानको जाली पनि फाट्यो । पाकिस्तानको पेशेवरमा आपत्कालीन सर्जनले मेरो कानपटीको खप्परको हड्डी निकालिदिएका थिए । ताकि, घाउ भएपछि मेरो मस्तिष्कमा सुन्निन नपाओस् । सर्जनले तत्काल उठाएको कदमले म बाँच्न सफल भएँ । तर, मेरा अंगहरूले छिट्टै नै काम गर्न छोडे र मलाई विमानमार्फत इस्लामावाद लगियो । एक हप्तापछि डाक्टरलाई लाग्यो कि मलाई राम्रो उपचार आवश्यक छ र देशबाहिर पठाइयो ।’

उनी लेख्छिन्, ‘त्यो समय म कोमामा थिएँ । जब मैले क्वीन एलिजाबेथ हस्पिटल बर्मिङ्घम यूकेमा आँखा खोलेँ, मैले आफूलाई जिउँदो महसुस गरेँ । त्यसअघिको केही पनि सम्झना छैन । जब मेरो परिवार यूके आए, मैले फिजिकल थेराफी सुरु गरेँ । बिस्तारै हिँड्न प्रयास गरेँ । मैले दोस्रो जीवन पाएकाे महसुस गरेँ । र मैले ऐना पनि हेर्न छोडे ।’

अफगानी महिलाको चिन्ता

‘९ अगस्टको बोस्टनमा म बिहान ५ बजे अस्पताल जानका लागि उठेको थिएँ, तब समाचार आयो तालिबानले अफगानिस्तानको पहिलो ठूलो सहर कुन्दुज सहरमाथि कब्जा गरेको । त्यसपछि अर्को हप्ता मेरो टाउकोको चारैतर्फ बरफका प्याकेटहरू र ब्यान्डेज लगाएको थिएँ । मैले देखिरहे कि बन्दुकको बलले अफगानिस्तानका हरेक प्रान्त तालिबानले कब्जामा लियो । यो उस्तै थियो, जस्तो मलाई गोली हानेका थिए । जब मलाई गोली हानिएको थियो । तब म अतिवादी र महिलाहरुहरूमाथि हुने प्रतिबन्धविरुद्ध बोल्दै आइरहेको थिएँ । म अफगानिस्तानमा सिर्जित हालको स्थितिका लागि असाध्यै चिन्तित छु । विशेषगरी त्यहाँ महिला र युवतीको सुरक्षाको विषयमा,’ मलालाले लेखेकी छन् ।