मुग्लिङ-मलेखु सडक आजदेखि राति ३ दिन बन्द

मुग्लिङ-मलेखु सडक आजदेखि राति ३ दिन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुग्लिङ–मलेखु सडक खण्ड मंगलबारदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो ।

मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् ।

यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र बनाइने सडक योजनाले जनाएको छ ।