रोजगारीका लागि मलेशिया जाने बाटो खुला

रोजगारीका लागि मलेशिया जाने बाटो खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमणका कारण बन्द भएको मलेशियाको रोजगारी खुला भएको छ । मलेशिया सरकारले झन्डै १६ महिना पछि नयाँ विदेशी कामदारहरूको लागि रोजगारी खुला गरेको हो ।  कोरोना महामारीका कारण मलेशिया सरकारले कामदार लिने प्रक्रिया बन्द गरेको थियो ।  

योसँगै नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकको रुपमा रहेको मलेशिया रोजगारीका लागि जाने बाटो नेपाली कामदारहरूका लागि समेत खुलेको छ ।  सुरुमा पाम आयल उत्पादनका लागि हुने खेती तथा रबर ग्लब्सको उत्पादन लगायतका क्षेत्रमा कामदारलाई मलेशियाले स्वागत गर्ने भएकाे छ । अन्य उद्योग तथा क्षेत्रका लागि तोकिने आप्रवासीका कामदारको कोटा तथा मलेशिया प्रवेश सुरु हुने मितिको विषयमा त्यहाँको सरकारले प्रष्ट खुलाइसकेको छैन ।  

मलेशिया ग्लब्सदेखि आइफोनको पार्टस् निर्माणसँग सम्बन्धित उद्योगमा कानूनी रुपमा भित्रिएका २० लाख आप्रवासी कामदारप्रति निर्भर रहँदै आएको छ । गत महिना नै मलेशियन सरकारले कृषि कामदारको रुपमा ३२ हजार आप्रवासीलाई भित्र्याउने प्रक्रिया थालिने जनाएको थियो । पछिल्लो समय कामदार नहुँदा विश्वकै दोश्रो ठूलो पाम तेलको उत्पादक राष्ट्र मलेशियाले निकै ठूलो जनशक्ति संकटको सकस भोगिरहेको छ ।