काठमाण्डु – मलेसियाले नेपालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । नेपाली कामदारहरूको रोजगारीको प्रमुख श्रम गन्तव्य मलेसियाले कोरोना संक्रमणका कारण प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटाएसँगै अब नयाँ भिसा लागेको श्रमिक तथा विभिन्न समय घर बिदामा स्वदेश आएकाहरूले सजिलै मलेसिया प्रवेश गर्न पाउने छन् ।
त्यसैगरी नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरूले मलेसियाली अध्यागमन कार्यालयको माइ ट्राभल पासरमाई ईन्ट्री (https://www.imi.gov.my) मार्फत दर्ता गर्नुपर्ने जनाएको छ ।
दूतावासका अनुसार मलेसिया जान चाहनेहरूका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ । मलेसिया सरकारले तोके अनुसार क्वारेन्टाइन समेत बस्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । थप जानकारी आवश्यक परेमा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।





प्रतिक्रिया