विश्वकै वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा


एजेन्सी – मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ ।

उनले नेतृत्व गरेको सरकारमाथि प्रश्न उठ्न थालेपछि उनले राजीनामा बुझाएका हुन् ।

यसबारे सत्तापक्ष र विपक्षी दल बीचको एक हप्ते वार्तामा नयाँ सरकार गठन गर्ने निर्णय गरेको रोयटर्सले जनाएको छ । नयाँ सरकार गठनका लागि उनले मार्ग प्रस्थत गरेका हुन् ।

महाथिरले अब फेरि अर्को पार्टीसँगको मिलेर सरकार बनाउनेरनबनाउने टुंगो भएको मलेसियाका गृहमन्त्री मुह्यीद्दिन यास्सिनले फेसबुकमा लेखेका छन् । साथै, उनको पार्टी बेर्साटुले पनि गठबन्धनको सरकार छोडेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement