विदेशी कामदारका लागि मलेसिया सरकारले ल्यायो नयाँ नियम

विदेशी कामदारका लागि मलेसिया सरकारले ल्यायो नयाँ नियम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मलेसिया सरकारले विदेशी कामदारका लागि नयाँ नियम लागू गरेको छ । रोजगारीका लागि आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण त्यहाँको अन्तर्रा्ष्ट्रिय विमानस्थलमै गर्ने तयारी थालेको छ ।

विमानस्थलमै गरिने स्वास्थ्य परीक्षणमा गम्भीर प्रकारको रोग लिएर मलेसिया भित्रिएका विदेशी कामदारलाई त्यहाँबाट फर्काइने मलेसियाली मानव शंसाधन मन्त्रालयले जनाएको छ । रोजगारीका लागि मलेसिया जाने आप्रवासी कामदारसँगै विभिन्न प्रकारका संक्रमित रोग भित्रिन थालेको भन्दै मलेसियाले विमानस्थलमै स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

विमानस्थलमा स्वास्थ्य परीक्षण गर्ने विषयमा मलेसियाली मानव संशाधन मन्त्री एम कुलासेगरनले सम्बन्धित देशका कुटनीतिक नियोगसँग छलफल भईरहेको बताएका छन् । अन्तर्रा्ष्ट्रिय विमानस्थलमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य डेस्क स्थापना गर्ने विषयमा मलेसियाको मन्त्रिपरिषद् वैठकमा छलफल भए पनि निर्णय हुन भने बाँकी रहेको जनाइएको छ ।

मलेसियाको संसदले भने विमानस्थलमा स्वास्थ्य परीक्षण गराउने विषयमा सहमति जनाइएको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।