काठमाडौं – मलेसियामा काम गर्ने दुई जना नेपाली कामदार पक्राउ परेका छन् ।
आफूले काम गर्ने अपार्टमेन्टका सुपरभाइजरको हत्या गरेको अभियोगमा प्रहरीले दुई जना नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीको थप विवरण भने खुलाइएको छैन ।
द स्टार पत्रिकाका अनुसार सेक्युरिटी गार्डको काम गर्ने उनीहरूले तलब नदिएको भन्दै अपार्टमेन्टका सुपरभाइजरको हत्या गरेका हुन् ।
सिसिटिभी फुटेजमा उनीहरुले भदौ १५ गते सुपरभाइजर ५४ वर्षका ली पो मेङलाई हेलमेटले कुटेको देखिन्छ । अर्को दिन स्टाफले शौचालयमा बाहिरबाट लक गरेको अवस्थामा उनलाई रक्ताम्य अवस्थामा फेला पारेका थिए ।
प्रहरीले यसलाई हत्या भन्दै अनुसन्धान थालेको छ । त्यसका लागि उक्त अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम गर्ने दुई जना नेपाली र एक जना स्थानीयलाई पक्राउ गरिएको छ ।




प्रतिक्रिया