धनुषा – मलेसियाबाट नेपाल फर्किएका एक जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।
केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखिएपछि कोरोना संक्रमण भएको आशंकामा जाँच र परिक्षणका लागि रगत र्र यालको नमूना काठमाडौं पठाइएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– १ का ती बिरामीलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाका अनुसार सो अस्पतालमा कोरोना चेकजाँच गर्ने सुविधा नभएका कारण नमूना सोमबार बिहान काठमाडौं पठाइएकोे छ ।




प्रतिक्रिया