अवैधानिक रुपमा मलेसियामा बस्दै आएकालाई घर फर्किने बाटो खुल्यो

अवैधानिक रुपमा मलेसियामा बस्दै आएकालाई घर फर्किने बाटो खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न कारणले मलेसियामा अवैधानिक रुपमा बसेकालाई घर फर्कने बाटो खुलेको छ ।

मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत आज बिहीबारदेखि घर फर्किने अवसर दिएको हो ।

मलेसिया सरकारले आज अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो ।

भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ ।

यो कार्यक्रम अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली कामदारको लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताए ।