सुन प्रकरणमा मेरो कुनै सम्बन्ध छैन, संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु: दीपक मल्होत्रा

सुन प्रकरणमा मेरो कुनै सम्बन्ध छैन, संलग्नता पुष्टि भए सजाय भोग्न तयार छु: दीपक मल्होत्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन विमास्थलबाट बरामद भएको सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले आफ्नो संलग्नता नभएको बताएका छन् । बिहीवार पत्रकार सम्मेलन गरेर त्रिभुवन विमास्थलबाट बरामद भएको करिब १०० किलो सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका हुन् ।

‘सुन आयातमा म र मेरो परिवार संलग्न छैन। मेरो साझेदार कम्पनी पनि संलग्न नरहेको स्पष्ट पार्न चाहन्छु।’, मल्होत्राले भने । त्यस्तै उनले आफ्नो संलग्नता पुष्टि भए सबै कानुनी सजाय भोग्न तयार भएको दाबी गरे ।

सुन प्रकरणमा आफ्नो नाम जोडेर झुटा समाचार प्रकाशन गरिएकाले आफू कानुनी उपचारमा जाने पनि मल्होत्राले बताए । ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु, मेरो संलग्नता पुष्टि भए सबै कानुनी सजाय भोग्न पनि तयार छु,’ उनले भने।