एजेन्सी- मालिका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकहरूले कब्जामा लिएकाे छ ।सैनिकहरूको कब्जामा परेपछि उनले राजीनामाको घोषणा समेत गरेका छन्।
मालीका राष्ट्रपतिसँगै सैनिकले देशका प्रधानमन्त्री बोबू सिसेलाई पनि हिरासतमा लिएका छन् ।सेनाको यो विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिकै एक सैनिक क्याम्पमा गोलीको आवाज सुनिएसँगै भएको हो ।
उनको त्यस्तो घोषणा उनी र प्रधानमन्त्रीसहित अन्य सैनिकहरूले गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगिएपछि आएको हो। उक्त घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ।
यसअघि राष्ट्रपति इब्रहिम केटलाई सैनिकले गिरफ्तार गरेको कुरा सरकारका एकजना प्रवक्ताले बीबीसीलाई पुष्टि गरेका थिए। उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बताइएको छ।
जहाँ मङ्गलवार बिहान गोली चलेको आवाज सुनिएको थियो। कनिष्ठ सैनिक अधिकृतले त्यहाँका उच्च कमान्डरलाई कब्जामा लिएर छाउनी नियन्त्रणमा लिएपछि विद्रोही सैनिकले राजधानीमा मार्च गरेका छन्। गिरफ्तार गरिएका अन्यमा राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्री रहेको बताइएको छ।
सो घटनाको नेतृत्व कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराले गरेको ठानिएको बीबीसी ले जनएकाे छ । केट दोस्रो कार्यकालको निम्ति सन् २०१८ को चुनावबाट निर्वाचित भएका हुन्।
तर त्यहाँ भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, जिहादीका कारण बिग्रिँदै गएको सुरक्षा अवस्था र बढ्दो जातीय हिंसालाई लिएर व्यापक असन्तुष्टि छ।प्रदर्शनकारीहरूले त्यसको दोष राष्ट्रपतिमाथि लगाउने गरेका छन्।




प्रतिक्रिया