काठमाणडु – सामािजक सञ्जालमा केहिदिन अघि मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई कुटपिट गरिएको थियो एउटा भिडियो भाइरल भएको थियो ।
कुपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।
सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ। उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो। कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन्। घटनाबारे थप अनुसन्धान र कारबाही मलेसियन प्रहरीले गर्ने दूतावासले जनाएको छ।





प्रतिक्रिया