मलेसिया रोजगारी बन्द भएको एक वर्ष पूरा, किन खुम्चँदैछ नेपालीलाई अवसर?

मलेसिया रोजगारी बन्द भएको एक वर्ष पूरा, किन खुम्चँदैछ नेपालीलाई अवसर?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यूवाहरुको लागी मलेशिया रोजगारीको लागी प्रमुख गन्तव्यका रुपमा लिने गरिन्छ । खाडी मुलुकको तुलनामा मलेशियालाई नेपालको हावापानीसंग मिल्दो जुल्दो भएका कारण पनि यूवाहरुको आकर्षण बढदो देखिन्छ ।  मलेशिया जाने नेपालीहरूमाथि विभिन्न सेवाप्रदायक कम्पनीबाट आर्थिक भार थोपरिएको भन्दै सरकारले त्यस्तो व्यवस्था नहटुन्जेल कामदार मलेशिया पठाउन रोकेको पनि यो साता एक वर्ष पुगेको छ ।

२०७५ सालको जेठ २ गते मलेसियाको रोजगारीमा जाने कामदारको प्रक्रियामा काम गर्ने विभिन्न संस्था खारेज गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्णयसँगै मलेसियाको रोजगारी बन्द भएको हो। मलेसियामा पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र बर्सेनि दशौँ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर गुम्दै गएको छ।

मलेशियामा हाल कानुनी र गैरकानुनी अवस्थामा पाँच लाख नेपाली कामदार रहेको अनुमान छ। रोजगारीको लागी मलेशिया जाने प्रक्रिया बन्द हुँदा कहिले खुल्छ भन्नेमा अन्योलता छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मलेशिया रोजगारीमा जाने कामदारसंग केही संस्थाले नेपाली कामदारसंग बिभिन्न शिर्षकमा आर्थिक भार थप्ने गरी रकम लिने गरेको भन्दै ती संस्थालाई कारवाही गर्ने भन्दै धरपक्कड समेत गरेका थिए ।

विगत १८ वर्षदेखि निरन्तर पाइरहेको रोजगारीको अवसरमाथि सरकार आफैँले अचानक रोक लगाएयता मलेशिया रोजगारीबाट हजारौँ नेपालीहरू वञ्चितमात्र भएका छैनन्, देशमा भित्रिने विप्रेषण पनि घटेको देखिन्छ। सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३-७४ मा सात खर्ब पाँच अर्ब रुपैयाँ विप्रेषणको रूपमा नेपाल भित्रिएको थियो । त्यसमध्ये झन्डै एकतिहाइ मलेशियाबाट भित्रिएको बताइन्छ। कामदारको सुरक्षा, हक अधिकारको रक्षा एवं उनीहरुमाथि हुने ठगी, शोषण आदि महत्त्वपूर्ण मानिएका विषयमा गत वर्ष कार्तिक १२ मा दुई देशबीच पहिलो पटक श्रम सम्झौता भएको थियो। द्विदेशीय श्रम सम्झौतापछि मलेशिया रोजगारी खुला हुने आशा थियो। तर उल्टै वर्षौँदेखि पाइरहेको रोजगारीको अवसर खुम्चँदै गएको छ।

तर नेपाली दूतावासका अनुसार रोजगारी खुलाउनेबारे नेपाली पक्षले पहल गरिरहेको छ। गत जेठ दुई गतेबाट बन्द भएको मलेशिया रोजगारी श्रम समझदारीपछि तत्कालन सुचारु हुने बताइए पनि त्यसमा अँझै समय लाग्ने भएको छ। कहिलेबट मलेशिया रोजगार शुरु हुन्छ भन्नेबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अँझै समय तोक्न सकेको छैन । गएको कात्तिक १२ गते नेपाल र मलेशिया सरकारबीच श्रम समझदारी भएको थियो ।