कैलाली – सुदूरपश्चिम प्रदेश सभाका पूर्व सांसद कर्ण मल्लले प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराका मतदाता किन्न करोडौँ रकम बोकेर आएको आरोप लगाएका छन् । मल्ललाई नेपाली कांग्रेसले केही समय अघि कार्वाही गरेको थियो ।
मल्ल क्रियाशिल सदस्यता वितरणदेखि असन्तुष्ट रहेका थिए । उनि यसअघि देउवाका पिए समेत थिए । उनलाई कांग्रेसले कार्वाही गरेपछी मल्लले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस (बीपी)बाट नेकपा एमालेसँग चुनावी तालमेल गरेका छन्।
मल्लले प्रधानमन्त्री देउवाले ल्याएको उक्त रकम डडेल्धुराको कुनै एउटा विद्युत कर्मचारीको घरमा राखिएको दाबी समेत गरेका छन् । प्रधानमन्त्री देउवा चुनावी आमसभालाई सम्बोधन गर्न सोमबार डडेल्धुरा पुगेका थिए ।
मल्लले भाषण गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । मल्लले गाडी नम्बर समेत सार्वजनिक गरेका छन् । ‘यहाँका मतदातालाई किन्नका लागि आज मात्रै डडेल्धुराबाट बाग्मती अञ्चलको गाडीमा करोडौँ पैसा आएका छन् । शेरबहादुर देउवाजीले रुखमा उठेका उम्मेदवारलाई मतदानका गर्नका लागि डडेल्धुराका मतदातलाई खरिद गर्नका लागि करोडौँ पैसा आएको छ।’ मल्लले भनेका छन् ।
पूर्व सांसद मल्लले रुखबाट उम्मेदवार भएकाहरुले पहिला आफ्नो हिस्सा लिन र चोक चोकमा ल्याएर सार्वजनिक गर्न आग्रह समेत गरेका छन् । देउवाले मल्ललाई आफुले नेता बनाउन खोजेको भएपनि पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीको चाकडीमा लागेको आरोप समेत लगाएका थिए ।




प्रतिक्रिया