कोरोनाको महामारीमा मानव अधिकारको अनुगमन गर्न समिति गठन

कोरोनाको महामारीमा मानव अधिकारको अनुगमन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीमा मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य संयोजक र नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघका पदाधिकारी सदस्य रहनेगरी उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको हो ।

समितिले कोभिड १९ विरुद्ध लड्न सरकारी कदमहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्यलगायतका विषयहरुको अनुगमन गरी आवश्यक सुझाव दिनेछ ।

समितिमा मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याल (संयोजक), आयोगका सचिव वेद भट्टराई, बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामा, महासचिव रामप्रसाद सुवेदी र आयोगका निर्देशक डा टिकाराम पोखरेल रहेका छन् ।

समितिले अनुगमनलाई प्रदेश र जिल्लास्तरमा पनि थप प्रभावकारी बनाउन प्रदेश र जिल्ला स्तरीय अनुगमन समिति गठन गर्ने निर्णय गरेको मानव अधिकार आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिएका छन् ।