काठमाण्डु – गण्डकी प्रदेशमा विनाविभागीय मन्त्री नियुक्त भएका दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसंग जोडेर टिप्पणी गरेका छन् । प्रदेश प्रमुख निवासअघि धर्ना बसेका मनाङेले शनिवार प्रधानमन्त्री ओली दुईवटा किड्नी नभएको मान्छे भएकाले उनको साथ छोड्न आग्रह गरेका थिए ।
धर्नामा बसेका मनाङेले भनेका छन, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचे ।’
मनाङेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कतिपयले प्रधानमन्त्री ओलीमाथी छुद्र टिप्पणी गरेको भन्दै उनको आलोचना गरेका छन् ।
यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् । उनलाई भौतिक योजना तथा पुर्वाधार मन्त्रालय दिने तयारी रहेको छ ।




प्रतिक्रिया