मनकामना केवलकारको शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

मनकामना केवलकारको शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।