मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँड, १९ लाख १५ हजार लगानीकर्ता खाली हात फर्किए

मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँड, १९ लाख १५ हजार लगानीकर्ता खाली हात फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमण्डु – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले को आईपीओ बाडफाड गरेको छ । वित्तीय संस्थाले असार २१ गते कुल ३ लाख ८९ हजार कित्ता सेयर जारी गरेकोमा कर्मचारीका लागि ०.५ अर्थात ६०५८ कित्ता तथा संस्थाका कर्मचारी र सामूहिक लगानीकोषका लागि ५ र ५ प्रतिशत सेयर छुट्याएको थियो ।

बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकोमा कुल १९ लाख ५१ हजार कित्ता अर्थात ६९ गुणा बढीले आवेदन परेको थियो । ३६ हजार ४९२ आवेदकले १० कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकी १९ लाख १५ हजार लगानीकर्ता खाली हात फर्केका छन् ।

कर्मचारीका लागि छुट्याइएको ६०५८ कित्तामा ७९ कर्मचारीले आवेदन दिएका थिए भने १९४५० कित्ताका लागि १३ सामूहिक लगानीकोषको आवेदन परेको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।