भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना


एजेन्सी – भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । आइतबार राति नौ बजे सिंहलाई राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको बीबीसीले उल्लेख गरेको छ ।

८७ वर्षीय उनको हृदय रोग विभागमा राखेर उपचार भइरहेको छ । उनको उपचारमा डा नितिश नाइक नेतृत्वको टोली उपचार गरिँदै छ ।

छातीमा समस्या र स्वास्थ्यमा असहजता महसुस भएपछि उनी अस्पतालमा भर्ना भएका हुन् । उनी सन् ००४ देखि २०१४ सम्म प्रधानमन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement