काठमाण्डु- नेपाली काँग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बुले बिहीबार मंसिर ४ गते हुने संघ र प्रदेससभाको निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ (१) बाट मनोनयन दर्ता गरेका हुन् ।
यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई उम्मेदवार बनाएको बनाउने निर्णय गरेको थियो ।
लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।




प्रतिक्रिया