रक्षामन्त्री राईको १ वर्ष : अपेक्षाअनुसार काम गर्न बाँकी

रक्षामन्त्री राईको १ वर्ष : अपेक्षाअनुसार काम गर्न बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रक्षामन्त्री मानवीर राईले १ वर्षभित्रमा फास्ट ट्रयाक लगायत थुप्रै करिडोरहरूको काम अगाडि बढेको बताएका छन् ।

बुधबार १ वर्षको अवधिमा रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट सम्पादन भएका कार्यहरूको प्रगति विवरण सार्वजनिक समारोहमा उनले १ वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठ्याराहरू र विपत्तिहरू व्यहोर्नुपरेको भन्दै चुनौतीहरूको बीचमा पनि फास्ट ट्रयाक लगायतका कामहरू अगाडि बढाएको बताए ।

उनले भने, ‘१ वर्ष पूरा हुँदै गर्दा थुप्रै अप्ठ्याराहरू र विपत्तिहरू हामीले व्यहोर्नुपर्‍यो । हामीले १ वर्षमा राहात र उद्धारको काम मात्र होइन, हाम्रो जिम्मेवारीमा फास्ट ट्रयाक लगायत थुप्रै करिडोरहरू छन्, फास्ट ट्रयाकका कामहरू धेरै द्रुत गतिमा अगाडि बढ्न थालेको छ । काठमाण्डुभित्र, बाहिरको सबै जमिनको काम हामीले अन्तिम अवस्थामा पुर्‍याएका छौं । अब फास्ट ट्रयाक तराई मधेश द्रूत गतिमा ५–६ महिनाभित्र उल्लेख्य विकास हुने कुरामा म विश्वस्त छु ।’

नेपाली सेनाले जिम्मेवारीमा हुम्ला जिल्लाको खार्पुनाथ मन्दिर छेउमा बेलिब्रिज बनेको भन्दै उनले त्यसले गर्दा ७७ वटै जिल्लामा सवारीसाधनको पहुँच पुगेको बताए । आजको मितिसम्म आइपुग्दा अपेक्षा अनुसार काम गर्न बाँकी भए पनि विवादको बीचमा काम गरेको उनको भनाइ छ ।

विकास निर्माण, अपरझट ब्रिज निर्माण, बाटोहरू खन्ने जस्ता कामहरू पनि नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।