रक्षामन्त्रीको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

रक्षामन्त्रीको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

File Photo

काठमाण्डु – काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले जानकारी दिए ।

मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको मन्त्री राईको गाडीका चालक रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर फर्किएर मोटरसाइकल चालकसँग सहमती गरेका छन् ।

ट्राफिक प्रहरी प्रवक्ता एसपी राउतले मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भइसकेको जानकारी दिए । मोटरसाइकल चालकलाई भने चोटपटक नलागेको ट्राफिक प्रहरीले जनाएको छ ।